२५ बैशाख २०८१, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आयोजनामा धुप बनाउने तालिम

बागलुङ / लायन्स क्लब अफ बागलुङ मुक्तिनाथद्वाराले महिलाहरुका लागि दुई दिने धुप बनाउने तालिम प्रदान गरेको छ ।बागलुङ बजारको राधाकृष्ण मन्दिरमा पुष ८ र ९ सञ्चालन भएको तालिममा ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

उनीहरुलाई प्रशिक्षक सृजना राजभण्डारी श्रेष्ठले धुप बनाउन सिकाएकी थिइन् ।कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष जुनु श्रेष्ठ, प्रशिक्षक सृजना राजभण्डारी श्रेष्ठ, प्रशिक्षार्थीहरु शारदा रिजाल, पार्वती खत्री, गंगा खड्का, हिमाली बज्राचार्य, असिस्टेन्ट चिप एडभाइजर दुर्गा कुँवर, रिजन चियर पर्सन ताल बहादुर कुँवर र डिपुटि डिपार्टमेन्ट चिफ अनुप रिजालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङु मुक्तिनाथका अध्यक्ष जुनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष सुनीता श्रेष्ठले र संचालन क्लबको सचिव सिता राजभण्डारीले गरेकी थिइन् ।लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ महिलाहरुको नेतृत्व विकास, सामाजिक, शैक्षिक र मानविय सेवामा समर्पित छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्