२६ बैशाख २०८१, बुधबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहद्वारा प्रदेश सांसद श्रेष्ठलाई सम्मान

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले प्रदेश सांसद यमुना देवी श्रेष्ठलाई सम्मान गरेको छ ।बागमती प्रदेशको समानुपातिक सांसदमा निर्वाचित श्रेष्ठलाई महिला समूहले सम्मान गरेको हो ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले आफूलाई सम्मान गरेकोमा धन्यवाद दिदै यस सम्मानले आफनो जिम्मेवारी थप बढेको प्रदेश सांसद श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ, भवलागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युक्त प्रसाद शाक्य र बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीको अध्यक्ष्ाँता, महिला समूहकी उपाध्यक्ष सोनी श्रेष्ठको स्वागते र सचिव मन्दिरा श्रेष्ठको सञ्चालनमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्