५ जेष्ठ २०८१, शनिबार

 

शुभलाभ एजुकेशनल सेन्टर प्रालिको १४ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ / शुभलाभ एजुकेशनल सेन्टर प्रालिको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार बागलुङ बजारमा तमानखोला गाउपालिकाका अध्यक्ष जोकलाल बुढाको प्रमुख आििथथ्यतामा भएको कार्याक्रममा बागलुङ नगरपालिकाका वडा नं १० का वार्ड अध्यक्ष तिल बहादुर थापा, काठेखोला गाउपालिका १ का वार्ड अध्यक्ष खडक थापा , शुभलाभका एजुकेशनल सेन्टर प्रालिका संस्थापक अध्यक्ष दुर्बल राजभन्डारी, निवर्तमान अध्यक्ष रेशम आले, प्रशिक्षक विष्णु प्रसाद सापकोटा र शुभलाभ एजुकेशनल सेन्टर प्रालिका अध्यक्ष मिलन केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रम शुभलाभ एजुकेशनल सेन्टर प्रालिका अध्यक्ष मिलन केसीको अध्यक्षता, प्रालिका संचालक समिति सदस्य जिवन काउचाको स्वागत र प्रालिको सदस्य सचिव काशिराम कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्