५ जेष्ठ २०८१, शनिबार

 

सरस्वती पूजाको दिन चिल्ड्रन लाईफ बोर्डिङबाट ५६ बालबालिकाले गरे अक्षरारम्भ

बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलबाट सरस्वती पूजाको दिन ५६ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा राम्रो हुने भन्दै यस दिन धेरै बालबालिका विद्यालय भर्ना हुने गरेका छन् ।

सरस्वती पूजाको अवसरमा विहान विद्यालयमा पूजाआजा गरिएको थियो भने आजबाट विद्यालय आउने बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिनु भयो । बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलमा १५ सय भन्दा वढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा पूजा गरिएको विद्यालयले जनाएको छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्