५ जेष्ठ २०८१, शनिबार

 

हरेको क्षेत्रको मुहान शिक्षा भएकोले समय सुहाउदो शिक्षा आवश्यक छ : प्रदेश सांसद थापा

गण्डकी प्रदेश सभा सदस्यमा दिपेन्द्र थापाले हरेको क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकोले समय सुहाउदो शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको छ । कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङको सरस्वती पूजा, बार्षिकोत्सव समारोह एवं सम्मान कार्यक्रमको अवसरमा बोल्दै थापाले यस्तो बताउनु भएको हो ।

प्रदेश सभा सदस्य थापाले नेपालमा हुने खाने र हुदा खानेको शिक्षा वेग्ला वेग्लै रहेकोले नेपालका सवै नागरिकलाई एकै खालको शिक्षा प्रदान गर्न आवश्य रहेको बताउनु भयो । नेपालको शिक्षा प्रणाली हुनेखानेको पहुचमा रहेकोले हुदा खाने परिवारका बागलबालिकाले अध्ययन गर्ने विद्यालयमा सरोकारवालाको चासो पुग्न आवश्यक रहेको बताउनु भयो ।

शैक्षिक विकासका लागी विद्यालयले खेलेको भुमिकाको प्रशंसा गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागी सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले विद्यालयले आगामी दिनमा समय सुहाउदो शिक्षा प्रदान गर्नु पर्ने भन्दै शिक्षामा ध्यान दिएनौ भने हाम्रो पुस्ता धेरै नै पछि पर्ने बताउनु भयो ।

कार्यक्रमा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेल, सम्मानित शिक्षक इश्वर ठाकुर पौडेल, शिक्षक हुमा रिजाल ,विद्यार्थी वुद्धमणी कार्की र रेखा थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा विद्यालयका प्रअ धनराज सापकोटाले विद्यालयका प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रअ सुदर्शन कँडेल र संचालन शिक्षक विरवहादुर किसानले गर्नु भएको थियो ।
सो अवसरमा चारतारे युवा क्लव सिवाईसी नेपालले विद्यालयको गुणस्तरिय शिक्षा प्रर्वद्धनकोला लागि रु १ लाख आर्थिक सहयोग गरेको छ ।

चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठ,प्रअ धनराज सापकोटालाई हस्तान्त्रण गर्नु भएको थियो ।कार्यक्रममको अवसरमा विद्यालयले संचालन गरेको अतिरिक्त क्रिययाकलाप र विद्यालयमा रहेको विभिन्न अक्षय कोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै विद्यालयमा रहेको कुल बहादुर श्रेष्ठ स्मृति पुरस्कारबाट २ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जनहि ६ हजारको दरले पुरस्कृत गरिएको थियो भने लाल बहादुर कर्णकुमारी स्मृति पुरस्कारबाट ४ जना विपन्न तथा जेहोन्दार विद्यार्थीलाई जनहि ४ हजार र रघुपति गौतचन स्मृति कोष पुरस्कारबाट कक्षा १ देखी १२ सम्म प्रथम हुनेलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले सस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्