५ जेष्ठ २०८१, शनिबार

 

चारतारे युवा क्लव सिवाईसी नेपालद्वारा कालिका कन्या माविलाई १ लाख सहयोग

कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङलाई चारतारे युवा क्लव सिवाईसी नेपालले १ लाख नगद आर्थिक सहयोग गरेको छ । विद्यालयको गुणस्तरीय शिक्षा कार्यक्रम प्रबद्र्धनको लागि १ लाख नगद आर्थिक सहयोग गरेको हो ।

गण्डकी प्रदेश सभा सदस्यमा दिपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यमा भएको सरस्वती पूजा, बार्षिकोत्सव समारोह एवं सम्मान कार्यक्रमको अवसरमा नेपालका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठ, प्रअ धनराज सापकोटालाई नगद हस्तान्त्रण गर्नु भएको थियो ।

विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको चारतारे युबा क्लब सिवाईसी नेपाललले अव शिक्षा क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रम संचालन गर्ने तयारी गरेको अध्यक्ष पौडेलले बताउनस भयो । सम्भावना भएका सामुदायिक विद्यालयको पहिचान गरि कार्यक्रम संचालन गर्ने तयारी गरेको बताउनु भयो ।

बागलुङमा समय अन्दोलनको थालनि गरेको चारतारे युबा क्लब सिवाईसी नेपालले महिला, युवा, कृर्षि लगाएतका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्