२२ बैशाख २०८१, शनिबार

 

न्यू ओएसिस एकेडेमी बागलुङको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न

बागलुङ । न्यू ओएसिस एकेडेमी बागलुङको २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती समारोह सम्पन्न भएको छ । वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक क्षेत्रमा न्यू ओएसिस एकेडेमीले ठुलो योगदान पु¥याएको बताउनु भयो ।

श्रेष्ठले नगरपालिकाको शिक्षामा एकरुपता ल्याउन लागेको बताउनु भयो । कार्यक्रमा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, अभिभावक भोलानाथ आचार्य, विद्यार्थी कृति कँडेल र कुन्जन सुवेदी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा विद्यालयको प्रगति प्रतिवेदन र भावि योजनाको बारेमा विद्यालयका निर्देशक नेत्र न्यौपानेले जानकारी गराउनु भएको थियो ।विद्यालय संचालक समितिका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रिन्सिपल विमल शर्मा र संचालन विद्यालय संचालक समितिका कोषाध्यक्ष तथा शिक्षक राम्जी प्रसाद सुवेदीले गर्नु भएको थियो ।

वार्षिकोत्सब तथा रजत जयन्तीको अवसरमा आयोजित हाजिर जवाफ प्रतियोगितामा शिद्धार्थ शिक्षा सदन प्रथम, युएस एकेडेमी द्धितिय र रुद्रेपिपल मावि तृतिय भएको छ । रजत जयन्तीको अवसरमा नृत्य तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।सृजनशिल पढाई, मनोवैज्ञानिक सिकाई र फरक अभ्यासका कारण धेरै विद्यार्थी र अभिभावकको रोजाईमा न्यू ओएसिस एकेडेमी पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्