२२ बैशाख २०८१, शनिबार

 

गरिमा आवासीय माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

बागलुङ । सस्थागत विद्यालय मध्य साविक धौलागिरिको पहिलो विद्यालयको रुपमा स्थापना भएको गरिमा आवासीय माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । डिग्नीटी एकेडेमी एण्ड रिसर्च फाउण्डेशन प्रालिद्धारा संचालित गरिमा आवासीय माध्यमिक विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरि ४२ औं वार्षिकोत्सव मनाएको हो ।

बागलुङका शिक्षासेवी स्वर्गीय राइटर हिरावहादुर खड्काको सहयोगमा ताप्लेजुङबाट आएका सूर्य बहादुर पोमुको एकल नेतृत्वमा २०३७ साल माघ २५ गते श्रीपञचमीको दिन स्थापना भएको तत्कालिन प्रेमसिङ देवी अवसीय माविलाई २०६५ सालमा स्थानीय श्याम प्रसाद शर्मा नेतृत्वको टोलिले नयाँ व्यवस्थापनका साथ संचालन गर्दै आएको छ ।

प्लेग्रुपदेखि कक्षा १२ हुदै बिबिएससम्मका कक्षा संचालन हुर्दैै आएको छ । सृजनशिल अध्यापन र गुणस्तरीय सिकाईका विशेष जोड दिएको यस विद्यालय धेरै विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।
बार्षिकोत्सव मूल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी वालुवामा पानी सरह भएको अवस्था र निजी विद्यालय संचालनमा आर्थिक संकट पैदा भएको अवस्था रहेकोले सरकारी र निजी विद्यालय मिलेर शैक्षिक गुणस्तर सुधारमा लाग्न आवश्यक रहेको बताउनु भयो ।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान र गुणस्तरीय शिक्षाको प्रदान गर्नुपर्ने बताउनु भयो । विद्यालयको शैक्षिक स्तर उकास्नका लागि सबै पक्ष हातेमालो गरी अघि बढ्नु पर्ने जोड दिनुभएको छ ।

गुणस्तरीय र व्यवसायीक शिक्षा आजको आवश्यकता रहेको भन्दै देश र समाजलाई योगदान पु¥याउने जनशक्ति उत्पादन गर्ने गरी लाग्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा संस्थापक पूर्व अध्यक्ष ध्रुर्व बहादुर केसी,बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज वोसेल, प्याव्सनका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, एन प्याप्सन बागलुङका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने,गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्का, अमर आदर्श आवसीय माविका पिन्सिपल हेमन्त थापा,प्रिसियस एकेडेमीका अध्यक्ष राजन प्रसाद शर्मा, अभिभावक तेज हादुर कुँवर सन्तोष र सीता सापकोटा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विद्यालयले एक हप्तासम्म विभिन्न अतिरिक्त क्रियाकलाप गरि ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । विद्यालयले आयोजना गरेको खुल्ला बास्केटवल प्रतियोगितामा प्रथम अमर आदर्श मावि प्रथम र गरिमा आवसीय माविका विद्यार्थी द्धितिय भएका थिए ।

त्यस्तै मावि स्तरिय खुल्ला नृत्य प्रतियोगितमा १३ समूहको सहभागिता रहेकोमा अमर आदर्श मावि प्रथम,धवलागिरि आवसीय मावि द्धितिय र न्यू एभरेष्ठ एकेडेमी तृतीय भएका थिए । विजयी विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत वितरण गरिएको थियो ।

सोही अवसरमा विद्यालयको भवन निर्माणको लागि २०६५ सालमा ५ रोपनी जग्गा उपलव्ध गराउन सहयोग गर्ने बागलुङ नगरपालिका २ निवासी मनरुपमा उपाध्याय, पूर्वसंचालकहरु ध्रुर्व बहादुर केसी, ज्ञानेन्द्र गौतम र शिक्षकहरु विमल थापा,सरिता केसी पौडेल र रुपेश बस्याललाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षक ममता केसी कार्की र कार्यलय सहयोगी सरिता जिसीलाई पनि सम्मान सहित विदाई गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल इश्वर बहादुर खड्का क्षेत्रीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पूर्व प्रिन्सिपल तथा डिग्नीटी कलेजका क्याप्मस प्रमुख श्याम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालय संचालक समितिका कोषाध्यक्ष केदारनाथ पौडेलल स्वागत र सचिव गणेश प्रसाद शर्माको
संचालनमा सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्