२५ बैशाख २०८१, मंगलवार

 

घरेलु स्यानीटरी प्याड बनाउने तालिमले सुरु

बागलुङ । धौलागिरी एकिकृत ग्रामीण विकास केन्द्रको आयोजनामा तीन दिने घरेलु स्यानीटरी प्याड बनाउने तालिम शुरु गरिएको छ । सिलाई कटाई व्यवसायमा आबद्ध १० पालिकाका २१ महिलाहरुलाई तीन दिने तालिम दिन थालिएको हो ।

तालिमको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै खड्काले महिलाहरुका लागि अत्यावश्यक रहेको स्यानीटरी प्याड खरीदमा वर्षेनी करोडौ रकम बाहिरिएको बताउदै घरेलु प्याड उत्पादनले पैसा समेत बचत हुने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक हरिमाया घर्ती मगर, उपभोक्त मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र धौलागिरी एकिकृत ग्रामीण विकास केन्द्रका अध्यक्ष केवि राना मगरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम धौलागिरी एकिकृत ग्रामीण विकास केन्द्र बागलुङका अध्यक्ष केबि राना मगरको अध्यक्षता, संस्थाका परियोजना संयोजक शालिकराम शर्माको स्वागत र सचिव भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्