२२ बैशाख २०८१, शनिबार

 

चारतारे युवा क्लव (सिवाईसी) नेपालद्वारा सिगाना माविलाई १ लाख सहयोग

चारतारे युवा क्लव (सिवाईसी) नेपालले बागलुङ नगरपालिका ९ स्थित सिगाना माध्यमिक विद्यालयमा सिसिक्यामेरा जडानको लागि आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित वित्तिय साक्षरता तथा थ्रिजिरो क्लव गठन कार्यक्रमको अवसरमा सिसिक्यामेरा जडानको लागि १ लाख हस्तान्त्रण गरिएको हो ।

चारतारे युवा क्लव (सिवाईसी) नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्का विद्यालयका प्रअ गोपाल कुमार शर्मालाई १ लाख रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको थियो ।

विद्यालयको शैक्षिक विकास, भौतिक सुरक्षा र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याउने उद्देश्यले सिसिक्यामेरा आवश्यकताको महसुस गरि सहयोग गरेको चारतारे युवा क्लव (सिवाईसी) नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनु भयो । विद्यालयलाई समयानुकूल बनाउन तथा विकसित प्रविधि अनुसार पठनपाठन गराउन आवश्यक रहेको भन्दै विद्यालयको भौतिक सुरक्षा अनुगमन र अवलोकनमा सहज होस भन्ने सस्थाको चाहना रहेको पौडेलले बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य राजु खड्का,शिक्षक अभिभावक समितिका अध्यक्ष दिननाथ गौतम,पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा चारतारे युवा क्लव (सिवाईसी) नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई वित्तिय साक्षरता तथा सकारात्मक सोचका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले अव शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयमा थ्रिजिरो क्लव गठन गरि शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्य प्रप्त गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउने पौडेलले बताउनु भयो ।

सिगाना माविबाट सुरु गरिएको थ्रिजिरो क्लव गठन कार्य सम्भावना भएका सामुदायिक विद्यालयको पहिचान विस्तार गर्दे जाने बताउनु भयो । विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रम मार्फत समाजमा गरिबी र बेरोजगारी अन्त्य गर्ने उदेश्यले थ्रिजिरो क्लवको माध्यमबाट काम गर्ने बताउनु भयो ।

बागलुङमा समय अन्दोलनको थालनि गरेको चारतारे युबा क्लब सिवाईसी नेपालले महिला, युवा, कृर्षि लगाएतका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता विद्यालयका प्रअ गोपाल कुमार शर्माको स्वागत र शिक्षक हंसराज सार्कीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्