५ जेष्ठ २०८१, शनिबार

 

अमर आदर्श आवासीय माविको २० औं वार्षिकोत्सव सम्पन्न

बागलुङ । अमर आदर्श आवासीय माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सव सम्पन्न भएको छ । फागुन पाँच गतेदेखि विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी आफ्नो २० औं वार्षिकोत्सव मनाएको हो ।

सोमबार कार्यक्रममा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई ‘उत्कृष्ट अवार्ड’ले सम्मान गरेको छ ।विद्यालयले हरेक वर्ष माध्यमिक तह कक्षा दशमा उत्कृष्ट अंक ल्याउने र कक्षा १२ मा विषयगत रुपमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छनौट गरी पुरस्कृत गरेको प्रिपिन्सल हेमन्त थापा जनाकारी दिनु भयो ।

मूल सामारोहको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले गर्नुभएको थियो । सृजनशिल ढंगले विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न विद्यालयले अझ धेरै मेहनत गर्नु पर्ने नगर शिक्षा अधिकारी पोखरेलले बताउनु भयो ।

शिक्षामा आधुनिक सूचना प्रविधिको प्रयोग गरेर आधुनिक शिक्षा दिन सबै विद्यालयहरुले अभियान चलाउनु पर्ने पोखरेलले भन्नु भयो । कार्यक्रममा प्याव्सन बागलुङ नगर कमिटिका अध्यक्ष कृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, अभिभावक मातृका आचार्य, शिक्षक सिता न्युरे, विद्यार्थी दृष्टी पन्तले र विद्यालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष विजयराज पन्त मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष विजयराज पन्तको अध्यक्षता, प्रिन्सिपल हेमन्त थापाको स्वागत र सहायक प्रिन्सिपल कमल पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर सुवाश गौतम

प्रतिक्रिया दिनुहोस्