५ जेष्ठ २०८१, शनिबार

 

न्यू एभेरेष्ट एकेडेमीको १७ औं वार्षिकोउत्सव सुरु

बागलुङ । न्यू एभेरेष्ट एकेडेमी बागलुङको १७ औं वार्षिकोउत्सव अन्तर्गत बुधबार भएको हाजिरजवाफ प्रतियोगितामा आयोजक न्यू एभरेष्टका दुई समुह प्रथम र द्वितीय भएका छन् । प्रतियोगितामा न्यू एभरेष्ट ‘ए’ प्रथम र समुह ‘बि’ द्वितीय भएका हुन् ।

प्रतियोगितामा सहभागि रुद्रेपिपल मावि तृतिय र चिल्ड्रेनलाईफ इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आवासिय मावि सान्त्वना भएको छ । प्रतियोगितामा बागलुङ नगरपालिकाभित्रका संस्थागत र समुदायिक विद्यालयका १४ समूह सहभागि भएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जय बहादुर खत्रीले शिक्षा सबै विद्यार्थीको पहुँचमा पुग्नु पर्ने बताउनु भयो ।कार्यक्रममा समाजसेवी केवी राना मगरले अन्तराष्ट्रिय भाषाका कारण नेपाली भाषा ओझेलमा परेको भन्दै नेपाली भाषालाई माया गर्न शिक्षक र विद्यार्थीलाई आग्रह गर्नु भयो ।

बिहिबार हुने वार्षिकोत्सवको मूल समारोहमा उत्कृष्ट विद्यार्थी सम्मान, अभिभावक म्युजिकल चियर प्रतियोगिता, पुरस्कार वितरण, नृत्य, सामाजिक विकृतीलाई निरुत्साहित गर्ने नाटक मञ्चन, विज्ञान प्रदर्शनी प्रस्तुत गर्ने विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताउनु भयो ।

न्यू एभेरेष्ट एकेडेमीले लामो समयदेखि विद्यार्थीहरुलाई सृजनशिल ढंगले सिकाउने र उनीहरुको आहना अनुसार अध्यापन गराउदै आएको छ । अध्ययनको साथसाथै विद्यार्थी र शिक्षकको प्रतिभालाई प्रस्फुटन गराउन विभिन्न विषयको अतिरिक्त क्रियाकलाप गराउदै आएको छ ।

ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्