२१ बैशाख २०८१, शुक्रबार

 

एमालेको ‘मिसन ग्रासरुट’ अभियान बागलुङमा शुरु

बागलुङ । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बिहीवारदेखि बागलुङमा शुरु भएको छ ।बागलुङमा आगामी चैत मसान्तसम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानको नेकपा एमालेका केन्द्रीय सचिव, गण्डकी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री पद्मा अर्यालले शुभारम्भ गर्नु भयो ।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको संसद असजिलो अवस्थामा रहेको बताएकी छन् । देशमा कुनै पनि भरपर्दो राजनीतिक शक्तिले बहुमत ल्याउन नसकेको भन्दै अर्यालले अहिलेको संसदबाट स्थिर सरकार बन्नेमा आशंका व्यक्त गरिन् ।

पछिल्लो राजनीतिक परिस्थितीले एमालेका नेता कार्यकर्तामा उत्साहको वातावरण नरहे पनि आत्तिनुपर्ने र हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो । माओवादी केन्द्रको अस्थिर चरित्रले पछिल्लो राजनीतिक परिस्थिति सिर्जना भएको अर्यालले बताइन् ।

नेकपा एमाले बागलुङले आयोजना गरेको ‘मिसन ग्रासरुट’ अभिमुखिकरण कार्यक्रमलाई बिहिबार बागलुङमा सम्बोधन गर्दै अर्यालले क्षणिक मुद्धा ल्याउने र समस्याको उजागर गरेर मात्रै छोड्ने तर समाधान खोज्न नसक्ने शक्तिहरु एकाएक उदाएकाले पनि अस्थिरता थप बढेको टिप्पणी गरिन् ।

कार्यक्रममा नेकपा एमालेका संगठन विभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमाले कार्यकर्तालाई कम्युनिष्ट कार्यकर्ताको व्यवहार गर्न आग्रह गरे । यात्रा समाजवादको गर्ने र चरित्र दलाल पुँजीवादको हुने वातावरणको अन्त्य गर्न नेता कार्यकर्तालाई अधिकारीको सुझाव थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्लाका सह–इञ्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य थममाया थापालगायतले सम्बोधन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष हिरा बहादुर केसीले कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।

नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बिहिबारदेखि बागलुङमा शुरु भएको छ । पार्टीको सिंगो पंक्तिलाई जोड्ने गरी सञ्चालन भएको अभियानमा जिल्लाका ८५ वटा वडामा २ सय ५० भन्दा बढी नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको छ ।

यससँगै एमालेले हरेक जिल्ला नेता खटाएको छ।

प्रदेश १ : अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की

मधेश प्रदेश : ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेश : सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश : युवराज ज्ञवाली, पद्माकुमारी अर्याल, किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश : रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई

कर्णाली प्रदेश : सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई,  यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाम्फे

सुदूरपश्चिम प्रदेश : विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय) : शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी

तस्वीर आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्