२१ बैशाख २०८१, शुक्रबार

 

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस, माओवादीसहित ८ दलीय गठबन्धनले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने हिजो औपचारिक निर्णय गरेको थियो ।यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका थिए ।

बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको नेपाली कांग्रेसले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्