२१ बैशाख २०८१, शुक्रबार

 

राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन्।

नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

नेम्वाङले बानेश्वरस्थित संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निर्णय पनि गरेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्