२१ बैशाख २०८१, शुक्रबार

 

राप्रपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । शनिबार दिउँसो राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेका थियो ।

शुक्रबार साँझ एमाले नेकपा, माओवादी केन्द, राप्रपासहितको सात दलिय गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले ८ दलिय नयाँ गठबन्धन बनाएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका सहमहामन्त्री धन बहादुर बुढाले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्