१ जेष्ठ २०८१, मंगलवार

 

लघुवित्तले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्नु – राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिए तत्काल उजुरी गर्न आग्रह गरेको छ ।राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी लिए उजुरी गर्न भनेको हो ।

हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढि नभएको सूचनामा उल्लेख छ ।‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा उजुरी दर्ता गर्न सकिने सूचनामा भनिएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका लघुवित्त वित्तीय संस्थालाई केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाको रुपमा वर्गिकरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्