१ जेष्ठ २०८१, मंगलवार

 

नेपाल बैंक बागलुङ शाखाद्वारा सहायक प्रबन्धक पुडासैनी र पन्तलाई स्वागत

बागलुङ । नेपाल बैंकको बागलुङ शाखामा आउनु भएका सहायक प्रबन्धकहरू रेश्मा पुडासैनी र उत्सव राज पन्तलाई शाखाले स्वागत गरेको छ । शुक्रबार शाखा प्रबन्धक अमृत सेवाले सहायक प्रबन्धकहरू पुडासैनी र पन्तलाई स्वागत गरेका हुन् ।

उहाँहरुको आगमनले बागलुङ शाखाको सेवा अझ प्रभावकारी हुने शाखा प्रबन्धक अमृत सेवाले नयाँ विश्वलाई बताउनु भयो ।कार्यक्रम शाखा प्रबन्धक अमृत सेवाको अध्यक्षता र वरिष्ठ सहायक स्मृति गौतमको संचालनमा सम्पन भएको थियो ।

अहिले २२ जना कर्मचारीहरुले यस शाखाबाट सेवाग्राहीहरुलाई सेवा दिइरहेको छ ।नेपाल बैंक बागलुङ शाखा बागलुङ बजारमा १७ साल माघ ४ गते स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्