२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ सिटिजनको अध्यक्षमा सविता ज्ञवाली

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटिजनको अध्यक्षमा सविता ज्ञवाली सर्वसम्मत चयन भएका छन् । विहिबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा सावित्री खत्री, द्धितिय उपाध्यक्षमा कमला देवी शर्मा चापागाईं, तृतीय उपाध्यक्ष शुभ कुमारी क्षेत्री, सचिवमा प्रिया किसान र कोषाध्यक्ष सृजना जिसी चोखाल चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा सम्झना कार्की, जौमाया केसी, सपना भण्डारी, खत्री उमा चालिसे, दुर्गा देवी शर्मा गौतम, उषा कुमारी रेग्मी, सावित्रा कुमारी आचार्य शर्मा, चन्द्रा कला छन्त्याल राना, विन्दु शर्मा, पार्वती क्षेत्री, लक्ष्मी जिसी थापा, हिरा कार्की, गंगा रेग्मी, सरिता कुमारी जैसी शर्मा, चन्द्रा कला शर्मा, लक्ष्मी केसी जिसी, सपना थापा, सावित्री बस्याल रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई साइत फर्स चिप धौलागिरि एरिया काजिमान गुरुङ, एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, जोन चियर पर्सन केशव सापकोटा, लायन्स क्लब बागलुङका अध्यक्ष प्रेम केसी, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष नारायण प्रसाद आचार्य र लायन्स क्लब अफ बागलुङ सिटिजनको अध्यक्ष अस्मिताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटिजनको अध्यक्ष अस्मिता गौतमको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष शुभ कुमारी क्षेत्रीले र संचालन सचिव सावित्री खत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्