१७ बैशाख २०८१, सोमबार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा सुनीता श्रेष्ठ

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा सुनीता श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा रन्जिता श्रेष्ठ, द्धितिय उपाध्यक्षमा प्रकृति बाटाजु राजभण्डारी, तृतीय उपाध्यक्ष सिता राजभण्डारी, सचिवमा गिता राजभण्डारी श्रेष्ठ, कोषाध्यक्ष सृजना राजभण्डारी श्रेष्ठ, सहसचिव चाँदनी श्रेष्ठ र सहकोषाध्यक्ष सविता श्रेष्ठ चयन भएकी थिइन् ।

नवनिर्वाचित कार्यसमितिलाई एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, डिपुटि डिर्पाटमेन्ट चिफ कविता बस्नेत, जोन चियर पर्सन अनुप रिजाल र लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्ष जुनु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्ष जुनु श्रेष्ठको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष सुनीता श्रेष्ठले र संचालन क्लबको सचिव सिता राजभण्डारीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्