१७ बैशाख २०८१, सोमबार

 

लायन्स क्लब अफ बागलुङ आवाजको अध्यक्षमा सावित्री केसी

लायन्स क्लब अफ बागलुङ आवाजको अध्यक्षमा सावित्री केसी सर्वसम्मत चयन हुनु भएको छ। सोमबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा शान्ती गौतम ज्ञवाली, द्धितिय उपाध्यक्षमा पम्फा कुमारी किसान, तृतीय उपाध्यक्ष राधा कुमारी शर्मा, सचिवमा चन्द्र कार्की, कोषाध्यक्ष सोविता आचार्य चयन भएका छन् ।नवनिर्वाचित कार्यसमितिलाई एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर,डिष्ट्रिक डिर्पाटमेन्ट चिफ पार्वती अधिकारी,जोन चियर पर्सन केशव सापकोटा,लायन्स क्लब अफ बागलुङ आवाज बागलुङका अध्यक्ष लिलादेवी खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ आवाज बागलुङका अध्यक्ष लिलादेवी खड्कको अध्यक्षता, प्रथम उपाध्यक्ष सावित्री केसीको स्वागत र सचिव चन्द्रा कार्कीको संचालनमा सम्पन्न्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्