२१ बैशाख २०८१, शुक्रबार

 

नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

काठमाडौं । नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सर्वसम्मत चयन भएका छन् । चेम्बरको साधारण सभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

चेम्बरको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षमा कुमार कार्की र निमानुरु शेर्पा, महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, सचिवमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् ।

यस्तै, कार्यकारिणी समितिका सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा विजय थापा, डा मणिराम पोख्रेल, डा उन्नत श्रेष्ठ गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।नरेशलाल श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको कमर्सका मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ छन्।

 

प्रतिक्रिया दिनुहोस्