१६ बैशाख २०८१, आईतवार

 

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाललाई १ लाख सहयोग

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाललाई १ लाख सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरले १ लाख रुपैयाँ सहयोग गरेको हो । २०१८ अस्तित्व नेपालले एसिड तथा अग्निजन्य हिंसा पीडित महिलाहरुको पक्षमा काम गर्दै आइरहेको अस्तित्व नेपालकी संस्थापक रुमि राजभण्डारीले नयाँ विश्वलाई बताइन ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका म्यानेजिक डाइरेक्टर चन्द्र तन्दनले अस्तित्व नेपालकी संस्थापक रुमि राजभण्डारीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।यस्तो खालको सहयोगले पीडित महिलाहरुको उपचार र पुनर्स्थापनामा सहयोग पुग्ने संस्थाकी संस्थापक राजभण्डारीले बताइन् ।

साथै संस्थाले पीडित महिलाहरु र उनीहरुको परिवारलाई शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू दिदै आइरहेको छ। उक्त संस्थाको सद्भावना दूत प्रसिद्ध अभिनेत्री शिल्पा मास्के रहेकी छिन्।

विगत १६ वर्षदेखि सिटी एक्सप्रेसले ग्राहकहरुलाई सर्वसुलभ सुविधा दिएर रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।सिटी एक्सप्रेसका देशभर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो र सुरक्षित तरिकाले भुक्तानी सेवा दिएको छ । सिटीले कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्