१७ बैशाख २०८१, सोमबार

 

व्युटि पार्लर एसोसिएसन बागलुङको अध्यक्षमा सुशिला केसी गौतम

बागलुङ । व्युटि पार्लर एसोसिएसन जिल्ला समिति, बागलुङको अध्यक्षमा सुशिला केसी गौतम सर्वसम्मत चयन भएकी छिन् । शनिबार भएको गण्डकी प्रदेशको भेलाले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको व्युटि पार्लर एसोसिएसन गण्डकी प्रदेशकी उपाध्यक्ष सोमना शाक्यले नयाँ विश्वलाई बताइन् ।

समितिका उपाध्यक्षमा सावित्री शर्मा, सचिवमा सुजना कार्की, सहसचिवमा संगीता खड्का र कोषाध्यक्षमा सपना भण्डारी कार्की चयन भएकी छिन् । साथै सदस्यहरुमा सन्ध्या केसी, मन्जु खत्री, विनीता थापा, साया कुँवर, सन्तोषी परियार र छाँया बुढा मगर चयन भएकी छिन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश महिला उपसमितिकी अध्यक्ष चिनु गुरुङ, व्युटि पार्लर एसोसिएसन गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष चुन कुमारी थापा, उपाध्यक्ष सोमना शाक्य, कास्की जिल्ला सहसचिव सिसिर गोदार र लेखनाथ इकाइ कमिटि अध्यक्ष टिका पुनले मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा हाइड्रा फेसियल डेमो र ड्पामेज हेयर स्ट्रेट टेक्निक र प्रडक्ट नलेज बारे सहभागिहरुलाई जानकारी दिइएको थियो ।कार्यक्रम व्युटि पार्लर एसोसिएसन गण्डकी प्रदेशकी अध्यक्ष रुप कला श्रेष्ठको अध्यक्षता र महासचिव बबिता केसी कार्कीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्