२३ बैशाख २०८१, आईतवार

 

धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाइदै

गण्डकी प्रदेशकै दोस्रो ठूलो अस्पतालका रूपमा रहेको धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाउने तयारी गरिएको छ । सोमबार अस्पतालबाट प्रदान गरिने सेवा सम्बन्धी पत्रकार भेटघाट तथा सरोकारवाल विच अन्र्तक्रिया कार्यक्रम आयोजना गरि स्तरवृद्धि सहित प्रभावकारी सेवा दिन थालेको अस्पताले जनाएको हो ।

अस्पतालले प्रदान गरेको सेवाका बारेमा जानकारी दिदै मेडिलक सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले अहिले अस्पतालले २५ वटा डिपार्टबाट सेवा प्रदान गरिरहेको बताउनु भयो । अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएको प्रधानले बताउनु भयो ।

विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले १५ जना विशेषज्ञ डाक्टररु र ८ जना मेडिकल अधिकृत र २ जना डेन्टल सर्जन गरि २५ जनाले सेवा दिईरहेको अस्पतालले जनाएको छ। अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको जनाएको छ। अस्पतालमा १ सय २६ बढी बेड रहेको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ।

अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएपछि आम नागरिकले हेर्ने दृष्टिकोण पनि फरक बनेको अस्पतालको दावी छ ।गण्डकी प्रदेशकै दोस्रो ठूलो अस्पतालका रूपमा रहेको धौलागिरी अस्पतालमा खास गरी साविकका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दाको उपचार हुने गर्थ्यो। अहिले अस्पतालको व्यवस्थापनमा सुधार हँदै गएपछि धेरै ठाउँबाट विरामी यहाँ आउने गरेका छन् ।

बागलुङका स्थानीयले रकम तिरेर भए पनि उपचार पाउन सकेका थिएनन्। अस्पतालको भौतिक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवाका कारण विरामीको चाप ह्वात्तै बढेको छ भने स्वास्थ्य बीमाको कार्यान्वयनले समेत अस्पतालमा विरामी आकर्षित भएका छन्।

अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ। अस्पतालमा चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा विरामी लामो लाइन बस्नुपर्ने अवस्था छ।

दरबन्दी अनुसारका चिकित्सक नभए पनि अस्पतालले करार र छात्रवृत्तिका चिकित्सकको व्यवस्था गरि सेवा दिँदै आएको छ। अस्पतालमा एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको भए पनि दरबन्दी भने रिक्त छ। करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन्।

‘अहिले अस्पतालमा दरबन्दी अनुसारका सवै डाक्टरहरू नभए पनि विरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको अस्पताल प्रशासनले जनाएको छ ।

बागलुङमा वि.सं २०१६ सालमा डिस्पेन्सरीको रूपबाट सेवा दिन थालिएको यो अस्पताल २०३३ सालदेखि जिल्ला अस्पताल, २०६७ सालमा अञ्चलस्तरीय र धौलागिरिको सबैभन्दा ठूलो सरकारी अस्पतालको रूपमा सञ्चालित छ। गण्डकी प्रदेशले प्रदेशको उपप्रादेशिक अस्पताल बनाउने गरी बजेट तथा कार्यक्रममा समावेश समेत गर्दै आएको छ।

अस्पतालमा २०७२ सालअघि डायलासिस सेवा थिएन डायलासिस सेवा अभावमा अधिकांश मिर्गौलाका विरामी समस्यामा थिए। अहिले अस्पतालमा डायलासिस सेवा मार्फत ४० जनाले सेवा पाइरहेका छन् । अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्दै आएको छ भने कोरोना कालमा पाँच शैयाका आइसियु सेवा समेत शुरु गरेको थियो ।

अस्पतालमा अहिले आइसियु, भेन्टिलेटर जस्ता अत्यावश्यक सेवा समेत थपिएपछि विरामीलाई सहज भएका छ। हालै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९,८० मा सिटि स्क्यान सेवाका लागि अस्पताललाई १० करोड बजेट समेत विनियोजन गरेको छ। अस्पतालमा अहिले धौलागिरिका चारवटै जिल्लालाई पुग्ने अक्सिजन उत्पादन गर्न तीन करोड लागतको अक्सिजन प्लान्ट निर्माण गरेको छ।

अहिले अस्पतालमा आइसियु, भेन्टिलेटरसँगै बालबालिकाका लागि एनआइसियु सेवा समेत सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। बढ्दो सुविधाका कारण धौलागिरिका विरामीहरू टाढा जानु पर्ने झन्झटबाट मुक्त बनेका छन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीचित्राङगत बराल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम डाक्टर अमित ढुङगानाको स्वागत र अस्पतालका प्रशासकिय अधिकृत तेज प्रसाद निउरेको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्