५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने

बागलुङ । बागलुङमा जिल्ला छनौट प्रतियोगिता र जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

बागलुङ जिल्ला फुटबल संघले बैशाख २६ गतेदेखि २८ गतेसम्म जिल्ला छनौंट चरण नकआउट चरणको खेल र ३१ गतेदेखि जेठ ६ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गर्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले नवप्रवेशी ३ टिम र पहिले रेलिगेशनमा परेका दुई टिम गरी ५ टिम विच बैशाख २६ गतेदेखि नकआउट चरणको खेल संचालन हुने बताउनुभयो ।

उनले नकआउट चरणमा अमर आदर्श स्पोर्टस् क्लब, तमान युवा क्लब, संयुक्त चार युवा क्लब र बागलुङ एकता क्लब र आदर्श विद्यामन्दिर खेलकुद क्लबले प्रतिष्पर्धा गर्ने जानकारी दिए । नकआउट चरणको विजेता टिमले अर्को वर्ष हुने जिल्ला लिग फुटबल प्रतियोगितामा बढुवा हुने बागलुङ जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो ।

यस्तै बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । फुटबल संघले ८ टिमलाई दुई समुहमा विभाजन गरेर लिग संचालन गर्न लागेको जनाएको छ । ‘जिल्ला लिगमा ८ टिमको सहभागिता रहेको छ,’ अध्यक्ष राजभण्डारीले भन्नुभयो,‘४९४ टिमलाई दुई समुहमा विभाजन गरेर एक टिमले तीन खेल खेल्ने गरी लिग गर्दैछौं । दुई समुहको शिर्षस्थानमा रहने दुई टिमले उपाधि विजेताको लागि प्रतिस्पर्धा गर्नेछन ।’

लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

संघले लिगमा सहभागि हुने टिमले धौलागिरी अञ्चल बाहिरका दुई र छिमेकी जिल्ला पर्वत, म्याग्दी र मुस्ताङका चार जना गरी ६ जनासम्म खेलाडीहरु राख्न पाउने नियम गराएको महासचिव गोतामेले बताउनुभयो ।  उहाँले नकआउट चरणका खेलमा सहभागि हुने टिमले जिल्ला बाहिरका खेलाडीहरुलाई समावेश गर्न नपाउने बताउनुभयो ।

फुटबल संघले शनिबार नकआउट चरण र लिगको समय तालिका समेत सार्वजनिक गरेको छ । नकआउट चरणको पहिलो खेल संयुक्त चार युवा क्लब र आदर्श विद्यामन्दिर विच हुनेछ । यस्तै पहिलो सेमिफाइनल अमर आदर्श स्पोर्टस् क्लब र बागलुङ एकता क्लब विचहुनेछभने दोस्रो सेमिफाइनल तमान युवा क्लब र पहिलो खेलको विजेता टिम विच हुनेछ ।

यस्तै जिल्ला लिगमा दुई समुह विभाजन गरिएको छ । समुह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब रहेका छन्भने समुह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाईटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब रहेका छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताउनुभयो । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० बाट ७ लाख बजेट प्राप्त हुनेछ ।

अपुग खर्च भने स्थानीय तह र व्यवसायीबाट जुटाईने अध्यक्ष राजभण्डारीले बताउनुभयो । उहाँले प्रतियोगिताको लागि बागलुङ नगरपालिका वडा नं। २ को कार्यालयले खेलकुद सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

संघले लिग तयारीका प्रत्येक टोलीलाई दुई किस्तामा गरी २५ हजार रुपैया उपलब्ध गराउने भएको छ । पहिलो किस्तामा २० र दोस्रो किस्तामा ५ हजार प्रदान गरिने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्