५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरको मालिका र भिरलाङ्खुरिमा २ सय ३६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

बागलुङ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

जेष्ठ नागरिक समाजका गहना हुन,जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो दयित्व हो भन्ने मुल नाराका साथ जेष्ठ नागरिकको स्वास्थ परीक्षण गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्माले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

बागलुङ नगरपालिका वडा न ५ मालिकाको मालिका आधारभुत विद्यालयमा, अढाइ थर खोप केन्द्रमा र बानपा ६ को आधारभुत प्राथमिक विद्यालय भिरलाङ्खुरिमा २ सय ३६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षणमा वडा तहका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्