३ जेष्ठ २०८१, बिहीबार

 

शिविरमा पहिचान भएका नारायणस्थानका जटिल विरामीको काठमाण्डौंमा उपचार हुँदै

बागलुङ नगरपालिका वडा न १४ नारायणस्थानमा गत चैत्र २५ मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भई विभिन्न रोगको जटिल समस्या रहेका ११ जनाको काठमाण्डौंमा थप उपचार सुरु भएको छ ।

शिविरमा रोग पहिचान भई थप उपचार र अप्रेशनका लागि सिफारिस भएका ९५ जना मध्य ११ जनाको काठमाण्डौं मेडिकल कलेज अस्पताल सिनामंगलमा उपचार सुरु गरिएको हो ।

प्रदेश सांसद सुवेदीकै पहलमा विरामीहरुको आवश्यक उपचार भैरहेको छ । चैत्र २५ गते सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा २२ सय ९६ जनाले सेवा लिएका थिए।

बागलुङ नगरपालिका कार्यालयको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा र काठमाडौं मेडिकल कलेज काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा धेरै ग्रामीण भेगका नागरिकहरुले सेवा लिएको थिए ।

शिविरमा आएका ९५ जना जटिल रोगका विरामीको काठमाण्डौं मेडिकल कलेजले सुपथ मूल्यमा उपचार गर्ने गरि सुवेदीले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्