१६ बैशाख २०८१, आईतवार

 

बागलुङ हस्तकला संघले प्रदान गरेको सेल्फ मेकअप तालिम सम्पन्न

बागलुङ । बागलुङ हस्तकला संघले प्रदान गरेको सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । बैशाख १३ गतेदेखि २३ गतेसम्म महिलाहरुलाई सेल्फ मेकअप तालिम प्रदान गरिएको संघका अध्यक्ष पुष्प किरण श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले संघले १२ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरेको थियो ।महिलाहरुलाई व्युटिसियन तथा सन्ध्या क्रियसनकी प्रोपराइटर सन्ध्या राजभण्डारीले सेल्फ मेकअप संम्बन्धी तालिम दिनु भएको थियो ।

कार्यक्रममा बागलुङ हस्तकला संघको संस्थापक संरक्षक प्रेम छोटा, संस्थापक अध्यक्ष इन्द्रा श्रेष्ठ र प्रशिक्षार्थी उमा शाक्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ हस्तकला संघकाको अध्यक्षमा पुष्प किरण श्रेष्ठको अध्यक्षता, सदस्य शकुन्तला श्रेष्ठको स्वागत र महासचिव सम्झना श्रेष्ठले संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्