७ जेष्ठ २०८१, सोमबार

 

मलाई इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले नियोजित ढंगले फसायो : रुपा विक

बागलुङ । इमेज सहकारीको कार्यसमितिका सदस्य रुपा विकले आफू इमेज सहकारीको संचालक समितिको सदस्य नभएको बताइन् ।

बुधवार प्रेस विज्ञप्ति प्रकाशित गरी सदस्य विकले आफू र आफनो परिवार सहकारीको सेयर सदस्य पनि नभएको, कर्जा पनि नलिएको र सहकारीमा कुनै कारोबार नगरेको बताएका हुन् ।

आफू सहकारीको कुनै पनि बैठक र साधारणसभामा भाग नलिएकोले इमेज सहकारीसँग आफनो कुनै संग्लनता नभएको विकले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई इमेज सहकारीको अध्यक्ष देवकुमार नेपालीले अनाहकमा फसाएकोले आफू सारै चिन्तित भएको र सहकारीसँग आफनो कुनै संम्बन्ध नभएको विज्ञप्तिमा उल्लेख छ ।

गलकोट नगरपालिका वडा नं ११ रिघा घर भएका विकले अध्यक्ष नेपालीले आफूलाइ नियोजित रुपमा फसाएको बताएको छ ।जेठ ७ गते गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षर भएको पत्रमा संस्थापन अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

बचतकर्ताहरुको अरबौं रकम अपचलन गरी फरार भनि प्रहरीले खोजतलास गरेका संचालक सदस्यमध्ये विक पनि एक हुन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई पत्राचार गरेको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन गरिएको थियो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवासहित सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि फरार भएका थिए ।

जेठ ७ गते अध्यक्ष नेपालीसहित अन्य संचालकहरु भाग्न सक्ने आशंका गरी वचतकर्ताहरुले उनीहरुलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्