४ जेष्ठ २०८१, शुक्रबार

 

भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मरिने हो ठेगान छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।

उहाँले भन्नुभयो, १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी विचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौ ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने दाबी गर्र्नुयभो । उहाँले भन्नुभयो, जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौ ।

अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौ ।

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । विचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।

आफूहरु नेतृत्वमा गएदेखि आफूहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उहाँले भन्नुभयो, हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ ।

तर पनि हामी ती घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौ । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभिभारा र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सहितका सपना पुरा गर्नका लागि पनि आफूहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्द।रिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गर्नुभएको छ ।

कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने दाबी गरेका छन् ।
उनले भने, ‘पार्टी केहि बिग्रिएको छ ।

यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुको प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् ।विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइन् ।

सरकारको प्रवक्ता समेत रहेकी शर्माले संसदमा सानो संख्यामा भएपनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् ।गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्