४ जेष्ठ २०८१, शुक्रबार

 

प्रधानमन्त्री प्रचण्ड र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले भेटघाट गरेका छन् ।

बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई डोभालले मौर्य होटलमा भेटवार्ता गरेका हुन् ।

उक्त भेटघाटमा दुई देशको आपसि सम्बन्ध र अन्य विषयमा छलफल भएको बताइएको छ ।उक्त भेटवार्तामा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी भएका थिए।

प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्