४ जेष्ठ २०८१, शुक्रबार

 

दिल्लीमा उठ्यो अखण्ड भारतको नक्सा बारे प्रश्न, नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नव निर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग चासो व्यक्त गरेका छन् ।

नयाँ दिल्लीको मौर्य होटलमा भएको भेटवार्तामा डोभालसँग नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलगायतका क्षेत्र समेटिएकोबारे प्रधानमन्त्री प्रचण्डले गम्भीर चासो राखेका थिए । उक्त भेटवार्टमा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारतले राखेको नक्सा जस्तै नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ? भनि प्रश्न गर्नु भएको थियो । अखण्ड भारतको नक्साबारे नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ भने बुधबार विभिन्न ठाउँहरुमा विरोध प्रदर्शनहरु भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्