२१ बैशाख २०८१, शुक्रबार

 

नेपाल बैंक बागलुङ शाखाद्वारा उत्सव राज पन्तको विदाई

बागलुङ । नेपाल बैंक लि बागलुङ शाखाका सहायक प्रबन्धक उत्सव राज पन्तको विदाई गरिएको छ । मंगलबार शाखा प्रबन्धक अमृत सेवाले पन्तलाई एक कार्यक्रमबिच विदाई गरेका हुन् ।पन्तले नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको नयाँ जिम्मेवारी पाएका छन् ।

उहाँको आगामी यात्रा अझ उज्ज्वल होस शाखा प्रबन्धक अमृत सेवाले बताउनु भयो ।कार्यक्रम शाखा प्रबन्धक अमृत सेवाको अध्यक्षता र वरिष्ठ सहायक स्मृति गौतमको संचालनमा सम्पन भएको थियो ।

बागलुङ शाखाबाट २२ जना कर्मचारीहरुले  सेवाग्राहीहरुलाई सेवा दिइरहेको छ ।नेपाल बैंक बागलुङ शाखा बागलुङ बजारमा १७ साल माघ ४ गते स्थापना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्