४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङमा माओवादी केन्द्रको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु

बागलुङ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

शुक्रबार बागलुङ बजारको मगल संघको सभाहलमा पार्टीको जिल्लाको पदाधिकारी र सदस्यहरु, दश वटै पालिकाका पार्टी समितिका नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

वैचारिक तथा राजनीतिक प्रशिक्षण जेठ २६ गतेदेखि २८ गतेसम्म चल्ने नेकपा माओवादी केन्द्र बागलुङका कार्यालय सचिव चन्द्र थापा शिखरले नयाँ विश्वलाई जानकारी दिनु भयो ।वैचारिक तथा राजनीतिक प्रशिक्षणको उदघाटन नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङ, नेकपा माओवादी केन्दकी केन्द्रीय सदस्य बलावती शर्मा, केन्द्रीय सचिव दिनानाथ शमाले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति, बागलुङका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता र गण्डकी प्रदेशको सदस्य टिका कुमारी विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

आज भएको प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र स्थानीय शासन, नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास र हाम्रो दायित्वको बारेमा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्र बहादुर बुढाले नेपालमा संघियताको अभ्यास र भविष्य, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले बागलुङको कम्युनिष्ट

आन्दोलनको इतिहास र त्यसको प्रभावको बारेमा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले उद्योग र पर्यटन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य सुनिल पाण्डेले सूचना प्रविधि, सामाजिक संजाल र त्यसको प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए ।

भोलि र पर्सि हुने प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम तामाङ, प्रदेश योजना आयोगको सदस्य डा सुभाष अधिकारी, नेकपा माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य रामराज रेग्मी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका सचिव रामदिप आचार्य केन्द्रीय सचिव देवेन्द्र पौडेलले प्रशिक्षण दिने कार्याक्रम रहेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्