१७ बैशाख २०८१, सोमबार

 

भारतबाट दूध ल्याउन विकास बोर्ड खारेज गरियो : अध्यक्ष गौतम

बागलुङ । नेपाल सरकारले दूग्ध विकास बोर्ड खारेज गरेपछि दूग्ध उत्पादक किसान तथा सहकारीहरूले विरोध जनाएका छन् ।

शुक्रबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरि दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले नेपाल सरकारले दूग्ध विकास बोर्ड खारेज गरेकोमा विरोध जनाएको हो ।दूग्ध विकास बोर्ड खारेजीको निर्यण फिर्ता नगरे आन्दोलनमा जाने संघले जनाएको छ ।

बागलुङ दूग्ध उत्पादक सहकारी संघले जिल्लामा एक हजार ५०० किसानको दूध वितरण गर्दै आएको छ ।

दूग्ध क्षेत्रको विकासमा अमूल्य भूमिका खेल्दै आएको विकास बोर्ड खारेज गरेर भारतबाट दूध आयात गर्ने योजना बनाएको सहकारी संघले आरोप लगाएको छ । किसानले उत्पादन गरेको दूधलाई प्रोत्साहन गर्नुको सट्टा निरूत्साहित गर्न खोजेको दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष गौतमले बताउनुभयो ।

यहाँका किसानले करोडौ मूल्यमा खोलिएका गाई र भैसी फर्मलाई प्रवद्र्धन गर्ने र मुल्य श्रृङ्खलामा भूमिका खेल्दै आएको बोर्ड खारेज गर्दा दूध तथा दूग्ध निर्यात गर्न भारतलाई अप्रत्यक्ष रूपमा बाटो खुलेको गौतमको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी कार्यवाहक अध्यक्ष सरिता खत्री, नेपाल पत्रकार महासंघ बागलुङको पूर्वअध्यक्ष रामबहादुर जिसी र गुहेली संचार सहकारीका अध्यक्ष खिम कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष उमानाथ सापकोटाको स्वागत तथा सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्