१७ बैशाख २०८१, सोमबार

 

आइएमईको वार्षिक उत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं।आइएमई लिमिटेडले २३औं वर्ष प्रवेश गरेको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा केन्द्रीय कार्यलय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर प्रभातफेरी समापन गरिएको थियो।प्रभातफेरिमा आइएमईका ब्राण्ड एम्बेसडर कलाकारहरु दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ डिजिटल रेमिटेन्सको प्रवर्द्धन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्रयाउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । ं

कार्यक्रममा ‘सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ‘रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढि कर्मचारीहरुको सभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्