१७ बैशाख २०८१, सोमबार

 

सनराइज बैंकद्वारा श्री पृथ्वी हिरण्य माविलाई स्यानिटरी प्याड भेन्डिङ मेशिन सहयोग

काठमाडौं । सनराइज बैंक बागलुङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ नगरपालिका १२ अमलाचौरमा रहेको श्री पृथ्वी हिरण्य माध्यमिक विद्यालयको लागि स्यानिटरी प्याड भेन्डिङ मेशिन उपलब्ध गराएको छ ।

शुक्रबार बैंकका शाखा प्रबन्धक अर्जुन पौडेलले विद्यालयका प्रधानाध्यापक वुद्धि प्रसाद शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर खत्रीलाई स्यानिटरी प्याड भेन्डिङ मेशिन हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वुद्धि प्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर खत्री, सनराइज बैंक बागलुङ शाखा प्रबन्धक अर्जुन पौडेल, शिक्षक रिता शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सनराइज बैंक बागलुङ शाखा प्रबन्धक अर्जुन पौडेलको अध्यक्षता र संचालन कर्जा विभाग प्रमुख अर्जुन प्रसाद रेग्मीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्