२३ बैशाख २०८१, आईतवार

 

बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा नवराज शर्मा

बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा नवराज शर्मा चयन हुनु भएको छ । बागलुङ को–अपरेटिभ म्यानेजर्स र कोअपरेटिभ म्यानेजर्स क्लब एकता गरि सम्पन्न संयुक्त साधारणसभाले सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको नेतृत्वमा बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवको नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका प्रबन्धक ताराप्रसाद शर्मा र कोषाध्यक्षमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चन्द्रा कार्की चयन हुनु भएको छ ।

क्लवको सदस्यमा भरत पौडेल, बिमला गुरुङ, मिना ताम्राकार, टिकाराम सापकोटा, त्रिलोचन रिजाल, बिरोश क्षेत्री, चेतनारायण अर्जेल र अशोक गौतम रहनु भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन्धक युवराज त्रिपाठी र कोअपरेटिभ म्यानेजर्स क्लवको तर्फबाट एकता कार्यदलमा सहभागी नरेन्द्र कँडेलले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । नयाँ समिति चयन प्रश्चात अध्यक्ष शर्माले प्रतिवद्धता मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीको अध्यक्षता, कोअपरेटिभ म्यानेजर्स क्लवका नवराज शर्माको स्वागत र बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवका सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यस अघि बागलुङ को–अपरेटिभ म्यानेजर्स र कोअपरेटिभ म्यानेजर्स क्लवले दुई छुट्टाछुट्टै क्लवको रुपमा दर्ता भई संचालनमा हुदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्