२६ बैशाख २०८१, बुधबार

 

२० जना महिलाले लियो गुडिया बनाउने तालिम

बागलुङ । बागलुङ हस्तकला संघले प्रदान गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघको सहयोगमा असार ३ गतेदेखि १८ गतेसम्म महिलाहरुलाई गुडिया बनाउने तालिम प्रदान गरिएको संघका अध्यक्ष पुष्प किरण श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले संघले २० जना महिलाहरुलाई उक्त तालिम प्रदान गरेको थियो ।महिलाहरुलाई प्रशिक्षक ज्योति शाक्यले गुडिया बनाउने संम्बन्धी तालिम दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति बागलुङ हस्तकला संघको संस्थापक संरक्षक प्रेम छोटा, संस्थापक अध्यक्ष इन्द्रा श्रेष्ठ, प्रशिक्षार्थी शान्ती भण्डारी, सल्लाहकार इश्वर मलेपती, मुकेशचन्द्र राजभण्डारी, शशिकिरण श्रेष्ठ र पत्रकार कोपिला कँडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ हस्तकला संघकाको अध्यक्षमा पुष्प किरण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ज्योति श्रेष्ठको स्वागत र महासचिव सम्झना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्