१७ बैशाख २०८१, सोमबार

 

बैंकर्स बागलुङद्वारा प्रभु बैंकका शाखा प्रबन्धक आचार्यको विदाई, नयाँ शाखा प्रबन्धक उप्रेतीको स्वागत

बागलुङ । बैंकर्स बागलुङले बैदेशिक उच्च शिक्षा अध्ययनमा जान लाग्नु भएका प्रभु बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक हेमन्त बाबु आचार्यको विदाई तथा उहाँको ठाँउमा पोखराबाट सरूवा भै आएका शाखा प्रबन्धक सामर्थ्य उप्रेतीलाई स्वागत गरेको छ।

हेमन्त बाबु आचार्य प्रभु बैंक बागलुङ शाखामा साढे दुई वर्षदेखि शाखा प्रबन्धकको रुपमा कार्यरत थिए। आफनो कार्यकालमा सम्पूर्ण बैंकर्स एवं व्यवसायीहरुककोबिच सुमधुर सम्बन्ध कायम राख्न सफल आचार्य उच्च शिक्षा अध्ययनको लागि विदेश जान लागेका हुन्।

बागलुङमा एक कार्यक्रमको आयोजना गर्दै बैंकर्स बागलुङले दुबै जनालाई सफल कार्यकालको लागि शुभकामना दिएको थियो। कार्यक्रममा बोल्दै शाखा प्रबन्धक हेमन्त बाबु आचार्यले आफ्नो बागलुङ बसाईमा सहयोग गर्ने सम्पूर्ण बैंकर्सहरूलाई धन्यवाद दिएका थिए।

साथै कार्यक्रममा उपस्थित सम्पूर्ण शाखा प्रबन्धकहरूको पूर्ण बैठकले बैंकर्स बागलुङको रिक्त कार्यसमितिलाई पूर्णता प्रदान गरेको छ।

कार्यसमितिको रिक्त सचिव पदमा ग्रीन डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक हरि अधिकारी तथा अन्य सदस्यहरूमा राष्ट्रिय वाणिज्य बैंक बागलुङका शाखा प्रबन्धक विमल पौडेल, कुमारी बैंक बागलुङका शाखा प्रबन्धक रामु पाण्डे र सांग्रिला विकास बैंक बागलुङका शाखा प्रबन्धक श्रीजय श्रेष्ठलाई चयन गरिएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले नयाँ विश्वलाई जानकारी दिनु भयो।

बागलुङमा रहेका सम्पुर्ण बैंकका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता र सचिव प्रतिमा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्