२० बैशाख २०८१, बिहीबार

 

विकासका लागि स्थिर सरकार आवश्यक : महेश बस्नेत

बागलुङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले देशको विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताउनु भएको छ ।प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बस्नेतले देशमा गिरीजा प्रसाद कोइराला र केपी ओलीको सरकार मात्रै अहिलेसम्म लामो समय टिकेको भन्दै स्थिर सरकार भए मात्रै विकास हुने बताउनुभयो ।

नेता बस्नेतले अहिलेको सरकारले भष्ट्राचार विरुद्धको अभियानमा एमालेको साथ रहेको भन्दै भष्ट्राचारीहरु सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने धारणा राख्नु भयो ।

विमानस्थलबाट १५५ केजी सुन बाहिर आउनु भनेको विमानस्थलको अवस्थाको विषयमा छर्लङ्ग भएको भन्दै अहिलेको सरकारले खुट्टा नकमाइकन असली भष्ट्राचारीलाई कानूनी दायरामा ल्याउने र बिना प्रमाण कसैको नाम उल्लेख नगर्न आग्रह गर्नुभयो ।

उहाँले एमाले विरुद्धका भ्रमहरु चिर्न युवासंघका नेताहरु गाउँ–गाउँमा पुगिरहेको जानकारी दिनुभयो ।कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङकी अध्यक्ष सृजना पन्तको अध्यक्षता र संचालन सचिव अर्जुन कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्