३ श्रावण २०८३, आईतवार

 

१ हजार ८७६ जना श्रमिकलाई शून्य लागतमा मलेसिया पठायौं : अध्यक्ष केसी

काठमाडौं । आकर्षण इन्टरनेसनल प्रालिले गत आर्थिक वर्षमा १८ सय ७६ जना नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया पठाएको छ । ‘हामीले न्योयोचित नियुक्ति अवलम्बन गरी कुनै पनि खर्च नलाग्ने हिसाबले १८७६ जना नेपाली श्रमिकलाई मलेसिया पठाएका छौं,’ आकर्षण म्यानपावर कम्पनीद्धारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विष्णबहादुर केसीले भन्नु भयो ।

जसमा दुई सय २१ जना महिला श्रमिक पनि छन् ।उनले मलेसिया गएका श्रमिकको भर्ना प्रक्रिया पारदर्शी भएको बताउनु हुँदै ‘हामीले श्रमिकहरूको सम्पूर्ण हक, अधिकार र सुरक्षाको प्रत्याभूति गराई वैदेशिक रोजगारीमा पठाएका छौं ।’

‘श्रमिक विदेश जाँदा मेडिकल परीक्षण, भिसा, टिकट, , कल्याणकारी कोष, बिमा, सामाजिक सुरक्षा कोषसहित अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा खानबस्नको व्यवस्था, आउने–जाने गाडी भाडा र राहदानीबापतको शुल्कसमेत श्रमिकलाई भुक्तानी गरेका छौं, ‘यसको सम्पूर्ण अडिट रोजगारदाताबाट नै भएको’ अध्यक्ष केसी भन्नु भयो ।

‘न्यायोचित भर्ना प्रक्रियामा लागेका म्यानपावर कम्पनीलाई श्रम र परराष्ट्र मन्त्रालय, विभाग, दूतावास र सरोकारवाला निकायहरुबाट आवश्यक सहयोग, समन्वय, प्रोत्साहन र दक्षता अभिवृद्ध्मिा विशेष ध्यान दिनु पर्छ ।’ केसीले भन्नु भयो ।

‘शून्य लागतको प्रक्रियाबाट श्रमिक वैदेशिक रोजगारीमा जाँदा उनीहरुको घर परिवारमा आर्थिक भार पर्दैन भने राज्यको ढुकुटीमा समेत टेवा पुगेको छ,’ ‘हाम्रो कम्पन्नीले रोजगारदाता पे मोडल’ मा काम गरेका छौं, आफूहरूले श्रमिकबाट नभई रोजगारदाताबाट नै आधा महिनाको पारिश्रमिकबापत सेवाशुल्क पाउने गरेको’ केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung