६ जेष्ठ २०८१, आईतवार

 

नौमती बाजा समूहलाई जैमिनी नगरद्वारा पोशाक सहयोग

बागलुङ । जैमिनी नगरपालिकाले कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पोशाक सहयोग गरेको छ । यसै अभियान अन्तर्गत ६ वटा नौमती बाजा समूहलाई पोशाक वितरण गरेको हो ।

हामीले हाम्रो ऐतिहासिक कला, संस्कृतिको संरक्षणको लागि ६ वटा नौमती बाजा समूहलाई पोशाक वितरण गरेका छौं जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले नयाँ विश्वलाई बताउनु भयो । संस्कृतिको संरक्षण, यसको व्यवसायीकरण र नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरणको लागि यो अभियान सुरु गरेको शर्माको भनाई थियो ।

त्यसै गरी आरन पेशालाइ थप व्यवसायिक र आधुनिकीकरण गर्नको लागि जैमिनी नगरले आरन पेशा प्रबर्द्धनका कार्यक्रम अन्तर्गत आरन व्यवसायीहरुलाई औजार उपलब्ध गराएको छ ।

यस मुख्य उद्देश्य जैमिनीमा उत्पादित आरनका सामानहरु विभिन्न शहरहरुमा निर्यात भएर व्यवसायीहरुले आर्थिक लाभ लिन सक्ने बनाउनु हो जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनु भयो । भविष्यमा नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने शर्माले. बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्