४ जेष्ठ २०८१, शुक्रबार

 

गल्ती सच्याऔं र जनता कहाँ गएर आत्मआलोचना गरौं : हितमान शाक्य

बागलुङ । नेकपा माओवादी केन्दका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले माओवादीका नेता र कार्यकर्ताहरु सच्चिनको लागि जनता कहाँ जानु पर्ने बताउनु भयो । आइतबार बागलुङ बजारमा माओवादीका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्नु हुँदै नेता कार्यकर्ताहरुले आफनो कार्य शैली र व्यवहार सुधार्नु पर्ने बताउनु भयो ।

यसलाई ठिक ढगले लागु गर्नको लागि हामीले आजसम्म गरेका गल्ती सच्याऔं र जनता कहाँ गएर आत्मआलोचना गरेर पार्टीभित्र नयाँ संस्कार र संस्कृति बसालौं । हामी स्वंयले जोखिन मोलेर हरेक गाउँ र शहरका टोलहरुमा पुगेर युवा, महिला, विद्यार्थी, किसान, मजदुर र बुद्धिजिविसँग संम्वाद र अन्तरक्रिया गरेर उनीहरुलाई माओवादी आन्दोलनमा ल्याउनु पर्ने शाक्यको भनाई थियो ।

आफूले गरेको गल्ती र कमी कमजोरीको बारेमा गाउँ र शहरमा रहेका कार्यकर्ता, समर्थक, शुभेच्छुक र सर्वसाधारण जनतालाई भनेर आफूलाई जनताको चाहना र अपेक्षा अनुसार परिवर्तन गर्न लाग्नु पर्ने शाक्यको भनाई थियो । पार्टीले ल्याएको ‘जनतासँग माओवादी विशेष अभियान’ ले सबैलाई नयाँ ढंगबाट चिन्तन मनन गर्न र जनअपेक्षा अनुसार लाग्न सहयोग गर्ने बताउनु भयो ।

हामीले चौथो महाधिवेशनदेखि क्रान्तिकारी धार बोकेर आयौ, जनयुद्धमा पनि सचेत प्रयत्नबाट जनवाद स्थापनको लागि लाग्यौं तर शान्तिपूर्ण प्रक्रियामा आउँदा हामी हिड्ने तरीका कांग्रेस र एमालेभन्दा भिन्न हुन सकेन बरु मजदुर किसान पार्टीले नेता कार्यकर्ताहरुको बारेमा बनाएको विधि र पद्धति अहिले पनि लागु गरेको छ ।

तर हामीले आफूलाई मजदुर किसान र सर्वसाधारण जनताका भावना बुझन्न नसक्दा हामी ३२ सिटमा सिमिट हुन पुगेका छौं शाक्यको भनाई थियो ।

हाम्रो पार्टी अध्यक्ष प्रचण्डले यो परिस्थितिलाई तोडेर पार्टीलाई नयाँ प्राण भर्नको लागि आफू स्वंय काठमाडौँको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ जाने घोषणा गर्नु भएपछि हामी देशै भरका आफूलाई केन्द्रीय, प्रदेश र जिल्लाका नेता भन्नेहरु सबै वडामा गएर पार्टीको वास्तविक अवस्था बुझन्न बाध्य भएका छौं यो सुखद सुरुवात हो उहाँको भनाई थियो ।

माओवादी केन्द्रलाई क्रान्तिकारी धार भएको जनताको पार्टी बनाउनको लागि हामी सबैले फेरि त्याग, समर्पण देखाउनुको साथै आत्म अनुशासनमा बस्नु पर्ने बताउनु भयो । पार्टी अध्यक्ष प्रचण्डले भन्नु भए अनुसार पहिले हामीले पार्टीले गरेका हरेक निर्णय पालना गर्दै आयौं ।

कठिन र संगीन घडिमा आफूलाई खार्दै आयौं फेरि समयले त्यहि माग गरेको छ । पार्टीको नीति र सरकारले गरेका जनपक्षिय कामहरु पार्टीका समर्थक र आम जनताकहाँ लगेर पार्टीको पूर्णनिर्माण गर्नु पर्छ यसो हुन नसके पार्टी विघटनको दिशामा जाने खतरा भएको शाक्यको भनाई थियो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको कार्यक्रमको संचालन केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्