२४ बैशाख २०८१, सोमबार

 

महिलाहरुको सशक्तिकरणका लागि पुरुषको साथ अनिवार्य : लायन्स डिष्ट्रिक गभर्नर थापा

बागलुङ । लायन्स डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक गभर्नर सुचित्रा थापाले महिलाहरुको सशक्तिकरणका लागि पुरुषको साथ अनिवार्य रहेको बताउनु भएको छ । हरितालिका तिजको अवसरमा बागलुङमा बागलुङमा लायन्स क्लवहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै थापाले मौलिक कला संस्कृतिलाई प्राथमिकता दिदै तिज मनाउन आग्रह समेत गर्नु भयो ।

डिस्ट्रिक्ट गर्भनर थापाले आफूले वार्षिक कार्यक्रम अन्र्तगत ल्याएको महिलाको हात महिलालाई साथ ’ महिला सदभावना विकास कार्यक्रम सफल पार्न सवै क्लब अफिसरहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, डिष्ट्रिक चियर पर्सन तथा लायन्स क्लव अफ बागलुङ आवाजकी संस्थापक अध्यक्ष लिला देवी खड्का, रिजन चियर पर्शन केशव सापकोटा, जोन चियर पर्शन लायन नारायण आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लायन्स क्लव अफ बागलुङ आवाजले गभर्नर सुचित्रा थापालाई सम्मान गरेको थियो ।लायन्स क्लव अफ बागलुङ सिटी अध्यक्ष धना सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा असिष्टेन चिफ एडभाइजर पार्वती अधिकारीको स्वागत, लायन्स क्लव अफ बागलुङ आवाजकी अध्यक्ष शान्ती ज्ञवालीको धन्यवाद र लायन्स क्लब अफ मुक्तिनाथकी संस्थापक अध्यक्ष जुनु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अवसरमा मानव सेवा आश्रम बागलुङका संयोजक विपना तामाङलाई सम्मान गरिएको थियो ।लायन्स क्लव अफ बागलुङ सिटी, लायन्स क्लव अफ बागलुङ आवाज, लायन्स क्लव अफ बागलुङ मुक्तिनाथ र लायन्स क्लव अफ बागलुङ सिटिजनको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्