३ जेष्ठ २०८१, बिहीबार

 

विद्यामन्दिर माविमा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत

बागलुङ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले अबको शिक्षा प्रविधीमैत्री र व्यवहारिक हुनुपर्ने बताउनु भएको छ ।विद्यामन्दिर माध्यामिक विद्यालयले कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै पाठकले यस्तो बताउनु भएको हो ।

पाठकले सीप,संस्कार र प्रविधियुक्त शिक्षाको आवश्यकता रहेको बताउदै विद्यालयको शैक्षिक गुणस्तरको निम्ति आफ्नो तर्फबाट सक्दो साथ रहने प्रतिवद्धता व्यक्त गर्नु भयो। सामुदायिक विद्यालयको उन्नतीका लागि विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समिति जिम्मेवार हुन जरुरी रहेको बताउनु भयो ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्य, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, विद्यालयमा नवआगन्तुक विद्यार्थी शुभेच्छा विकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कक्षा १२ का छात्रा लक्ष्मी थापा श्रीष अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यार्थी एन्जिलिना क्षेत्री र संचालन सन्धा शर्मा र रज्जिता थापाले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो अवसरमा नव आगन्तुक ४ सय ४७ विद्यार्थीलाई स्वागत गरिएको थियो । विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्