४ जेष्ठ २०८१, शुक्रबार

 

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, ट्रमा सेन्टर लगियो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसो रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर निस्कँदैगर्दा उनीमाथि श्याम सापकोटाले खुकुरी प्रहार गरेको हो । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

भृकुटीमण्डपस्थित रिपोर्टस क्लब नेपालमा भएको साक्षात्कार कार्यक्रममा सापकोटा सहभागी भएको प्रहरीले जनाएको छ ।

उनीमाथि खुकुरी हानेको आरोपमा सापकोटालाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनु भयो । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई हाल बालाजु पैयुटार बस्ने ४७ वर्षीय  सापकोटा आफूलाई अभियान्ता बताउँदै हिँड्ने गथ्र्ये ।

प्रतिक्रिया दिनुहोस्