३ जेष्ठ २०८१, बिहीबार

 

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गरी आगामी असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार विहान ११ बजेदेखि २ बजेसम्म संचालन हुने जानकारी दिएको छ ।

भदौ २२ गतेभित्र विद्यार्थीले कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति रु ६०० का दरले रकम बुझाइसक्नुपर्ने छ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीले भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते जम्मा गर्नुपर्ने छ । बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित विद्यार्थीले आवेदन फाराम बुझाइ सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्