३ जेष्ठ २०८१, बिहीबार

 

साहित्यकार अधिकारीलाई शक्ति पुरस्कार, ४ जना विद्यार्थीलाई रण स्मृति पुरस्कार प्रदान

बागलुङ । रणस्मृति पुरस्कार सस्था बागलुङको ३१ औं वार्षिकोत्सव एवं शक्ति पुरस्कार समर्पण समारोह सम्पन्न भएको छ । बुधबार एक जना साहित्यकारलाई सम्मान र दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

बागलुङका समाजसेवी शक्तिबहादुर खड्काको नाममा स्थापना गरिएको शक्ति पुरस्कार तनहुँ दमौलि निवासी नाट्य मंञ्चका अध्यक्ष तथा साहित्यकार आकाश अधिकारीलाई प्रदान गरिएको छ ।

अधिकारीलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र पुरस्कार संरक्षण समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले संयुक्त रुपमा नगद १० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

नेपाली साहित्यमा पु¥याएको योगदानबापत अधिकारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।त्यस्तै समाजसेवी एवं शिक्षाप्रेमी शक्तिबहादुर खड्काले आफ्ना पिता रणबहादुरका स्मृतिमा २०५० सालमा स्थापना गरेको रणस्मृति कोषबाट बालमन्दिर आधारभुति विद्यालयका विद्यार्थीहरु रणबहादुर थापा र सितल बिक, रुद्रेपिपल माविका विद्यार्थीहरु सुवाश शर्मा र सिम्रन जिसीलाई पुरस्कृत प्रदान गरिएको छ ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पुरस्कारले जिवनमा महत्वपूर्ण उर्जा दिनुका साथै दायित्वलाई अझ बढाउन प्रेरित गर्ने बताउनु भयो । श्रेष्ठले परिवारभित्र असल संस्कार र संस्कृतिको विकास हुनु सह्निय कार्य भएको भन्दै कला, साहित्य र शिक्षा क्षेत्रको विकासका लागि यस्ताखाले पुरस्कार र सम्मानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्याक्तित्व आकाश अधिकारी र पुरस्कृत विद्यार्थी सिम्रन जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत अधिकारीका परिचय भिम रानाभाटले दिनु भएको थियो । संस्थाको ३१ औं वार्षिकोत्सव तथा साधारण सभाबाट पुरस्कार संस्थाको अध्यक्षमा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल चयन हुनु भएको छ ।

कार्यक्रम रणस्मृति पुरस्कार संस्थाका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, सदस्य कृपा पौडेलको स्वागत सचिव भोजबहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो । रणस्मृति पुरस्कार सस्थाको आज भएको ३१ औं वार्षिकोत्सव तथा साधारण सभाबाट संस्थाको अध्यक्षमा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेललाई चयन गरेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्